तीन नम्बर पुलको पहिरो पन्छाएर खुलाइयो नारायणगढ-मुग्लिन सडक

तीन नम्बर पुलको पहिरो पन्छाएर खुलाइयो नारायणगढ-मुग्लिन सडक

चितवनः पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो।

पहिरो पन्छाई सडक दुइतर्फी सञ्चालन  गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। 

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालकसमेत घाइते भएका छन्।

घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार  साँझपख मात्रै खुलेको थियो।

सोही स्थानमा गत विहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।  

असार १८, २०८० सोमबार ०८:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।