आजको मौसमः कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसमः कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँः सोमबार देशका कोशी र मधेश प्रदेशका भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ।

कोशी  र मधेश प्रदेशको एक दुई स्थानमा भने मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना  रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएको महाशाखाले जनाएको छ।

'तसर्थ  भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ' सूचनामा भनिएको छ। 

असार १८, २०८० सोमबार ०७:२९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।