आयोजक जिम्बाबेलाई ९ विकेटले हराउँदै विश्वकप २०२३ मा छानियो श्रीलंका
काठमाडौँः श्रीलंकाले भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि आफ्नो स्थान पक्का गरेको छ।
विश्वकप छनोटको खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै श्रीलंकाले यो उपलब्धि हासिल गरेको हो। बुलावायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबको मैदानमा भएको खेलमा श्रीलंकालाई आयोजकले १६६ रनको लक्ष्य दिएको थियो, जुन उसले ३३.१ ओभरमा भेट्टायो।
श्रीलंकाका पाथुम निसाकानाले नटआउट १०१ रनको योगदान दिए भने दिमुथ कर्नाटका ३० रन बनाएर आउट भए। त्यस्तै कुशल मेन्डिसले नटआउट २५ रन जोडे।
यसअघि ब्याटिङ गरेको जिम्बाबे ३२.५ ओभरमा १६५ रन बनाएर अलआउट भएको थियो। श्रीलंकाका माहिस थिक्सानाले सर्वाधिक ४ विकेट लिए भने दिल्सान मदुस्कानाले ३ तथा माथिसा पाथिरानाले २ विकेट लिए।
असार १७, २०८० आइतबार १९:०५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।