असार २१ मा काँग्रेस जिल्ला सभापतिहरूको भेला, नयाँ सदस्यताबारे छलफल हुने

असार २१ मा काँग्रेस जिल्ला सभापतिहरूको भेला, नयाँ सदस्यताबारे छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेसले असार २१ गते जिल्ला सभापतिहरूको भेला गर्ने भएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार नयाँ सदस्यता वितरण र क्रियशिल सदस्यता वितरणबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यालयमा भेला गर्न लागिएको हो।

कांग्रेसले हालै अनलाइनबाट पार्टीको सदस्यता लिन सकिने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। पार्टीको महाधिवेशनको मुखमा मात्रै पार्टीको सदस्यता र क्रियशिल सदस्य बनाउने क्रमभङ्ग गर्दै हरेक वर्ष दुवै प्रकारको सदस्यता वितरण सुरु गर्न लागेको हो।

असार १७, २०८० आइतबार १८:२९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।