रोहित पौडेल मात्र ४ रन बनाएर आउट

रोहित पौडेल मात्र ४ रन बनाएर आउट

काठमाडौँः आईसीसी विश्वकप छनोट २०२३ छनोटको क्वालिफायरअन्तर्गत प्लेअफको खेलमा यूएईविरुद्ध सामान्य लक्ष्य पछ्याएको नेपालले ५० रन पूरा गर्दा ४ विकेट गुमाएको छ। 

नेपालका अर्जुन साउद (१ रन), ज्ञानेन्द्र मल्ल (१३ रन), कप्तान रोहित पौडेल (४ रन) र भीम सार्कि (१ रन) आउट भएका छन्। यूएईका मोहम्मद जावेद उल्लाहले तीन विकेट लिएका छन्। 

टस हारेर ब्याटिङमा उत्रिएको यूएई कमजोर प्रदर्शन गर्दै १८१ रनमा अलआउट भएको थियो।

१७ ओभर सकिँदा नेपालका कुशल भुर्तेल र आरिफ शेख क्रिजमा छन्। 

यूएईलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र करन केसीले ३ विकेट लिए। प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए।

यूएईका ओपनर आसिफ खानलाई करन केसीले अर्जुन साउदबाट क्याच आउट गराए भने यूएईका कप्तान विर्त्या अरविन्दलाई गुल्सन झाले बोल्ड आउट गरे। त्यस्तै रामिज सहजादलाई सन्दीपले एलबीडब्ल्यू धरापमा पारे भने अर्यानास शर्मालाई सन्दीपले नै आरिफ शेखबाट क्याच आउट गराए। त्यस्तै सन्चित शर्मालाई सन्दीपले अर्जुन साउदको हातबाट क्याच आउट गराए। 

त्यस्तै रोहन मस्तफा र मोहम्मद जावेद उल्लाहको विकेट करनले लिए। मुस्तफालाई अर्जुनबाट क्याच गराएका करनले मोहम्मदलाई भने एलबीडब्ल्युप धरापमा पारे। 

यूएईका विर्त्या अरविन्दले सर्वाधिक ४४ रन बनाए।  

जिम्बाबेको हरारेमा रहेको टाकासिंगा क्रिकेट क्लबको स्टेडियमा नेपाली समयअनुसार पौने एक बजे खेल सुरु भएको हो। नेपाल र यूएई दुवै विश्वकप छनोटबाटै बाहिरिसकेका छन्। 

नेपालले समूह 'ए' मा रहेर अमेरिकाविरुद्ध मात्र जित निकालेको थियो। चारमध्ये नेपालले ३ खेलमा पराजय भोगेको थियो। यूएई भने समूहमा 'बी' मा छ। उसले भने खेलेका चारै खेलमा हार बेहोरेको थियो। 

आजको खेलको विजेता टोलीले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

असार १७, २०८० आइतबार १८:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।