ललिता निवासअन्तर्गत सार्वजनिक जग्गा खाली गर्न महानगरको सातदिने अल्टिमेटम

ललिता निवासअन्तर्गत सार्वजनिक जग्गा खाली गर्न महानगरको सातदिने अल्टिमेटम

काठमाडौँः ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि काठमाडौं महानगरपालिकाले पहल थालेको छ।

महानगरको प्रहरी टोली ललिता निवास क्षेत्रमै पुगेर जग्गा खाली गराउन सातदिने ‘अल्टिमेटम’ दिएको छ। नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली त्यहाँ पुगेको हो। 

बालुवाटारस्थित सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही संख्यामा यस प्रकरणमा मुछिएकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

यससम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन छ।

असार १७, २०८० आइतबार १६:०३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।