नारायण-मुग्लिन सडकखण्डको पहिरो हटाउन थपियो अर्को स्काभेटर

नारायण-मुग्लिन सडकखण्डको पहिरो हटाउन थपियो अर्को स्काभेटर
तस्वीः शब्द सञ्चार अनलाइन

काठमाडौँः रातिदेखि अवरुद्ध भएको नारायण-मुग्लिन सडकखण्ड खुलाउने प्रयास भइरहेको छ। 

सडकखण्डअन्तर्गत पर्ने तीन नम्बर पुल नजिकैको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

उक्त कार्यका लागि अहिले थप एउटा स्काभेटरको प्रयोग गरिएको छ। 

बिहीबारदेखि पटक पटक पहिरो जाँदा सडक खण्ड अवरुद्ध भइरहेको छ। बेला बेलामा खुले पनि माथिबाट पहाडको ढिस्को नै झरेर सडक अवरुद्ध भएको छ। जसका कारण यात्रुहरू मारमा परेका छन्। 

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्।

असार १७, २०८० आइतबार १४:४६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।