आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आइतबार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएको भन्दै मशाखाले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

असार १७, २०८० आइतबार ०८:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।