साफ च्याम्पियनसिप उपाधिका लागि भारतले कुवेतसँग खेल्ने
आमन्त्रित टोली लेबनानलाई हराउँदै आयोजक भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
भारतले लेबनानलाई टाइब्रेकरमा हरायो।
निर्धारितपछि थपिएको समयमा पनि कुनै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको हो। जहाँ भारतले ४–२ ले जित निकाल्न सफल भयो।
बैंगलोरको कान्तिरभा रंगशालामा भएको टाइब्रकेरमा भारतका ४ खेलाडीले गोल गर्दा लेबनानका दुई खेलाडी गोल गर्नबाट चुकेका थिए। लेवननका कप्तान हसन माटुकको पहिलो प्रहारलाई नै भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले रोकेका थिए।
खलिल बदरको प्रहार बाहिरिएको थियो। वालिद स्वर र मोहम्मद सादेकले मात्र लेबनानका लागि गोल गर्न सफल भए। भारतका लागि भने कप्तान सुनिल क्षेत्री, अनवर अली, महेश सिंह र उदान्त सिंहले गोल गरेका थिए।
भारतले अब उपाधिका लागि मंगलबार कुवेतसँग खेल्नेछ। कुवेत बंगलादेशलाई १-० ले हराउँदै सहभागी भएको पहिलो पटक नै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
असार १७, २०८० आइतबार ०७:३२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।