संसदीय मामिला पत्रकार समाजले पायो नयाँ नेतृत्व

काठमाडौँः संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका छन्।
कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाईं, विनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मत चनय भए।
त्यसैगरी समावेशी सदस्यद्वयमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी भए।
निर्वाचन समितिका संयोजक टंक पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई तथा शुभकामना दिए।
नयाँ कार्यसमितिको दुई वर्षको कार्यकाल हुनेछ। संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरूको साझा संगठनको रुपमा समाज रहेको छ।
असार १६, २०८० शनिबार १९:३८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।