'हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ, नयाँ दलले सानो काम सामाजिक सञ्जालबाट ठूलो बनाए'

'हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ, नयाँ दलले सानो काम सामाजिक सञ्जालबाट ठूलो बनाए'
फाइल तस्वीर

पोखरा : अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको दाबी गरेका छन्। 

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा महतले भने, 'राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो।'

कांग्रेस लामो इतिहास बोकेको पार्टी भएकाले कार्यकर्तालाई विचलित नभई संगठित हुन उनले सुझाव दिए।

कांग्रेसले जति अरू कुनै पनि पार्टीले काम नगरेको पनि उनको दाबी थियो। आफूले गरेका कामको प्रचारप्रसार गर्न नजानेकै कारण कांग्रेस पछि परेको उनको तर्क थियो। नयाँ पार्टीले सानो काम गरे पनि सामाजिक सञ्जालबाट ठूलो बनाएर प्रचारप्रसार गर्ने गरेको समेत उनले आरोप लगाए। 

कानुनी शासनमा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसप्रति आमजनताको विश्वास र भरोसा सधैँ आएको उनको भनाइ थियो। 

असार १६, २०८० शनिबार १९:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।