रास्वपा प्रवेश गरे कवि मनु मञ्जिल

रास्वपा प्रवेश गरे कवि मनु मञ्जिल

कवि मनु मन्जिल (टंक खुलाल) राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। 

इटहरीमा शनिबार भएको पार्टीको एक कार्यक्रमबीच मन्जिल रास्वपामा समाहित भएका हुन्। उनलाई पार्टीका सांसद हरि ढकालले पार्टीमा भित्र्याएका हुन्। 

पछिल्लो समय रास्वपा छिर्ने लहर चलेको छ। केही दिनअघि बैंकर अनिल केशरी शाह पनि रास्वपा प्रवेश गरेका थिए। 

असार १६, २०८० शनिबार १८:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।