क्षेत्रीय सम्मेलनमा कांग्रेसकै दुई पक्षबीच हात हालाहाल, कारण आसन ग्रहणको विवाद (भिडियोसहित)

क्षेत्रीय सम्मेलनमा कांग्रेसकै दुई पक्षबीच हात हालाहाल, कारण आसन ग्रहणको विवाद (भिडियोसहित)

बुटवल : रुपन्देहीमा नेपाली कांग्रेसको संस्थापन पक्ष र इतर पक्षबीच हात हालाहाल भएको छ। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा दुई पक्षबीच विवाद हुँदा हातहालको स्थिति बनेको हो।

दुई पक्षबीच तनाव भएपछि प्रहरी नै बोलाएर दुवै पक्षलाई साम्य पारिएको छ। विवादको मुख्य कारण भने आसन ग्रहण हो।

सम्मेलनमा नेविसंघका रुपन्देही सभापति सन्दीप पौडेल लगायतका विद्यार्थी नेताहरुले आसन ग्रहण नगराएको भन्दै प्रश्न गरेका थिए।

त्यसपछि संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमै नाराबाजी गर्दै ब्यानर च्यातेको इतर पक्षका विद्यार्थी नेताहरुले बताएका छन्। कार्यक्रममा कुर्ची तोड्ने प्रयास समेत भएको उनीहरुले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा आमन्त्रण नै नगराएका व्यक्तिहरुले आसन ग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको इतर पक्षको आरोप छ।

कार्यक्रम बिथोलिएपछि कांग्रेस नेता परियार र खाँणबीच फोनमा भनाभन भएको थियो। परियारले खाँणलाई फोन गर्दै पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेका थिए। स्थिति तनावग्रस्त भएपछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचारु गरिएको थियो।

असार १६, २०८० शनिबार १७:१६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।