गठबन्धनको यो सरकार पाँचै वर्ष चल्छ, कसैले हल्लाउन सक्दैन : प्रचण्ड

गठबन्धनको यो सरकार पाँचै वर्ष चल्छ, कसैले हल्लाउन सक्दैन : प्रचण्ड

कास्की : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन्। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले यो गठबन्धन समझदारीका साथ अगाडि बढ्ने बताए।

‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ। यो कसैले हल्लाउँदैमा हल्लिंदैन। हामी समझदारीका साथ अगाडि बढ्छौं,’ उनले भने।

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए।

अर्थतन्त्र बढी नै धरासायी हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको पनि उनले बताए।

‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ,’ उनले भने, ‘यसपटक हामीले भिन्न ढङ्गले काम सुरू गरेका छौं। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस रहेको छ।’

असार १६, २०८० शनिबार १५:१७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।