जनप्रतिनिधिका विषय जनतामा पुर्‍याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

जनप्रतिनिधिका विषय जनतामा पुर्‍याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले सांसद र संसद्को भूमिकालाई जनता समक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको उद्घाटन गर्दै शनिबार उनले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण हुने बताए।

‘समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ।  संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनता समक्ष पुग्ने हो,’ सभामुख घिमिरेले भने, ‘संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ।’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिए।

उनले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको तर प्रतिनिधिसभामा गएर अघि बढ्न नसकेको बताए।

समाजका अध्यक्ष सञ्जीव बगालेले अधिवेशनले आजै १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जानकारी दिएका छन्।

असार १६, २०८० शनिबार ११:२२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।