दुवैतर्फी खुलाइयो नारायणगढ-मुग्लिन सडकखण्ड

दुवैतर्फी खुलाइयो नारायणगढ-मुग्लिन सडकखण्ड

शनिबार बिहानै पहिरोका कारण अवरुद्ध भएको नागरायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। 

आज बिहान तुईन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो। बिहीबारदेखि अवरुद्ध सडक २७ घण्टापछि हिजो साँझ ७ बजे खुलाइएको थियो। तर आज बिहान पनि पहिरो जाँदा सडक दुईतर्फी रूपमै अवरुद्ध भएको थियो। 

सडकखण्डमा खसेको पहिरो सडक डिभिजन भरतपुरबाट ल्याइएको मेसिनले पन्छाएपछि बाटो दुईतर्फी नै खुलेको छ। 

तर ढुंगा झर्न नरोकिएकोले सवारीसाधन सावधानीका साथ चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध पनि गरेको छ।

पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेशिन तैनाथ राखिएको कार्यालयले जानकारी दिएको छ। 

असार १६, २०८० शनिबार ०९:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।