मुलपानी क्रिकेट मैदानको नाम फेरियो
काठमाडौँः मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिने भएको छ।
उक्त क्रिकेट मैदानको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिने नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गरेको हो।
क्यानको असार १५ गते बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो।
अजयकुमार शाह क्यानका संस्थापक तथा पूर्वअध्यक्ष हन्। उनकै सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम राखिएको हो।
यससँगै क्यानको हिजो बसेको बैठकले ९ वटा निर्णय गरेको छ।
असार १६, २०८० शनिबार ०८:३१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।