छिम्केश्वरी मन्दिर पुनर्निर्माण गरिँदै, पित्तलको छानो हालिने

छिम्केश्वरी मन्दिर पुनर्निर्माण गरिँदै, पित्तलको छानो हालिने

तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो।

छिम्केश्वरी समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ।

दुई वर्षदेखि छिम्केश्वरीमाई मन्दिरको पुनःनिर्माण भइरहेको छ। निर्माणको अन्तिम चरणमा पुगेको मन्दिरमा पित्तलको छानो छाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले भने, 'पित्तलले छाएर मन्दिरलाई आकर्षण बनाउन लागिएको हो।'

भक्तपुरबाट कालीगढ मगाएर छानो छाउने काम भइरहेको छ। चुमानका अनुसार असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। छिम्केश्वरी मन्दिर पुनःनिर्माणका लागि करिब रु ८० लाख खर्च भइसकेको छ। 

गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ। सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ।

असार १६, २०८० शनिबार ०७:४५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।