२७ घण्टापछि खुलाइएको नारायणगढ-मुग्लिन सडक पहिरोले फेरि अवरुद्ध

२७ घण्टापछि खुलाइएको नारायणगढ-मुग्लिन सडक पहिरोले फेरि अवरुद्ध

चितवनः हिजो (शुक्रबार) साँझ २७ घण्टापछि खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण फेरि अवरुद्ध भएकोछ। 

इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो पन्छाएर सञ्चालनमा ल्याइए पनि सडकमा पुनः पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्।

पहिरो पन्छाउने काम सुरु गरिएको छ।

असार १६, २०८० शनिबार ०७:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।