पहिरो खस्दा नारायणगढ-मुग्लिङ सडक खण्डमा यातायात पुनः अवरुद्ध

पहिरो खस्दा नारायणगढ-मुग्लिङ सडक खण्डमा यातायात पुनः अवरुद्ध

काठमाडौँ : पहिरो आउँदा नारायणगढ-मुग्लिङ सडक खण्डमा यातायात पुनः अवरुद्ध  भएको छ।

सुक्खा पहिरो खस्दा बिहीबारदेखि सो राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो। पहिरो सफा गरेपछि शुक्रवार साँझ ५ बजेबाट सडक सञ्चालनमा आएकोमा शनिवार बिहानै पुन पहिरो खसेर अवरुद्ध बनायो।

शनिवार बिहान ३ बजेतिर पुनः पहिरो खसेपछि अहिले बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको दियो।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका-५ तीन किलोमा शनिवार बिहान पहिरो खसेको थियो।

असार १६, २०८० शनिबार ०७:३३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।