आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँः आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले आज उनलाई  भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले खड्कालाई एक वर्ष तीन महिना कैद र नौ करोड १९ लाख ६ हजार ६ सय रुपैयाँ बराबर बिगो र सोही बराबर जरिवाना सुनाएको हो। 

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिवानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खड्काले १८ करोड ६६ लाख रूपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएकाले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो।

निगमको कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए। निगमको जग्गा खरिदसम्बन्धी विवाद अहिले पनि अख्तियारमा तामेलीमा छ।

खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उनकी श्रीमती शर्मिला र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएकोले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो।

१५ असार, २०८०, २२:०४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।