मध्य असारसम्म लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत रोपाइँ (ग्राफिक्ससहित)
बुटवल : समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा मध्य असारसम्म जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ।
कुल ३ लाख ११ हजार ५२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा यस वर्ष मध्य असारसम्म प्रदेशका १२ जिल्लामा ३५ हजार ७७८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै प्यूठानमा ८० प्रतिशत रोपाइँ भएको छ। त्यस्तै रुकुमपूर्वमा ६०, रोल्पामा ४५ प्रतिशत रोपाइँ भएको छ।
पाल्पामा १०, अर्घाखाँचीमा १० र गुल्मीमा ८ प्रतिशत मात्रै रोपाइँ भएको कृषि मन्त्रालय लुम्बिनीका प्रवक्ता अनिल मरासिनीले बताए।
त्यसैगरी बाँकेमा १३ प्रतिशत रोपाइँ हुँदा नवलपरासीमा १२ प्रतिशत, बर्दियामा १० प्रतिशत, रुपन्देही र दाङमा ८/८ प्रतिशत र कपिलवस्तुमा ६ प्रतिशत मात्र रोपाइँ भएको छ।
असार १५, २०८० शुक्रबार १७:५८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।