ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौं : ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। प्रहरी वृत्त, बानेश्वरका अनुसार  रौनियारलाई वृत्तको टोलीले बानेश्वर क्षेत्रबाट नै पक्राउ गरेको हो। 

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दर्ता भएको प्रहरी वृत्तले जनाएको छ। 

समाजवादी फोरमका नेता रौनियार पूर्वसांसद समेत हुन्। उनी पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। 

जिल्ला प्रहरी कार्यालय बाँकेले रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको थियो।

असार १५, २०८० शुक्रबार १७:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।