‘कपन-बानेश्वर साप्ताहिक’द्वारा पुरस्कारको घोषणा

‘कपन-बानेश्वर साप्ताहिक’द्वारा पुरस्कारको घोषणा

काठमाडौं : साहित्यिक पत्रिका ‘कपन-बानेश्वर साप्ताहिक’ले ११औं वार्षिकोत्सवको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले २०७९ सालको ‘पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार’ शान्ति रिसाललाई प्रदान गर्ने भएको छ।

‘कबा विशिष्ट सम्मान’ यस साप्ताहिकका विशिष्ट सदस्य साहित्यकार विमल अर्याललाई र ‘महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार’ साहित्यकार तथा साहित्यिक पत्रकार मुरारी सिग्देललाई प्रदान गरिने निर्णय समितिको बैठकले गरेको छ।

साप्ताहिक पत्रिकामा प्रकाशित रचनाहरू मध्ये ‘नालाङ्ग कबा रचना पुरस्कार २०७९’ पुरुषतर्फ दिवाकर प्रसाद आचार्यलाई र महिलातर्फ शान्ति रिसाललाई दिइने भएको छ।

त्यस्तै ‘गङ्गा लिगल कबा रचना पुरस्कार २०७९’ मोफसलतर्फ लमजुङका रमेशचन्द्र घिमिरेलाई र ‘हेमगङ्गा कबा रचना पुरस्कार २०७९’ बालतर्फ रिलायन्स इन्टरनेसनल एकेडेमी कपनका छात्र युगिन नेपाललाई प्रदान गरिने भएको छ।

१५ असार, २०८०, १७:१६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।