ललिता निवास प्रकरण : पक्राउ परेकाहरूको निवेदनमा सर्वोच्चको कारण देखाऊ आदेश

ललिता निवास प्रकरण : पक्राउ परेकाहरूको निवेदनमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधीश कुमार चुडालको एकल इजलासले यस प्रकरणमा समातिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो। 

गतहप्ता ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम पक्राउ गरेका थिए।

यसपछि गत बिहीबार यी तीन जनाले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश दिएको हो।

असार १५, २०८० शुक्रबार १६:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।