एक मत नपुग्दा कोशीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

एक मत नपुग्दा कोशीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौं : एक मत नपुग्दा कोशी प्रदेशमा एमालेको सरकार ढलेको छ। प्रदेशसभा बैठकमा आज (शुक्रबार) भएको मतदानमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन सकेनन्।

विश्वासको मतको लागि भएको मतदानमा ९३ सदस्यीय प्रदेशसभामा कार्कीको पक्षमा ४६ मत खस्यो भने विपक्षमा ४३ मत गयो। तटस्ठ रहने सांसद भने कोही पनि भएन।

बहुमतका लागि ४७ मत आवश्यक पर्ने हुनाले मात्र एक मतले हिक्मतकुमार कार्कीले मुख्यमन्त्री पद गुमाए।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो। कार्कीका पक्षमा ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद छन्।

त्यसैगरी​​​​​​ माओवादीका १३,कांग्रेसका २९, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद भने उनको विपक्षमा रहेको बुझिएको छ।

असार १५, २०८० शुक्रबार १३:५२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।