जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान्को अवस्था गम्भीर

जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान्को अवस्था गम्भीर

ओखलढुङ्गा : विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् ।

यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको थियो। 

अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

असार १५, २०८० शुक्रबार १३:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।