बलिङले जितायो नेपाललाई, समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं : नेपालले यू-१६ एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गरेको छ। यो जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो भएको थिएन। मात्र ३३.४ ओभरमा नेपाल १ सय ८३ रनमा अल आउट भएको थियो। तर सानदार बलिङले नेपाललाई खेल जितायो।
नेपालको लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए।
यसपछि बलिङमा पनि धामीले चार विकेट लिएपछि जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया ३३.५ ओभरमा ९९ रनमै अल आउट भयो।
मलेसियाका लागि मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाउँदा अन्य कुनै पनि ब्याटर जम्न सकेनन्।
नेपालका लागि अशोक धामीले ७ ओभरमा मात्र १४ रन खर्चेर ४ विकेट लिए। त्यसैगरी अभिषेक तिवारीले ३ र सन्तोष यादवले २ विकेट लिएका थिए।
समूह चरणमा लगातार दोस्रो जितसँगै विजेता बनेको नेपालले अब सेमिफाइनलमा समूह बी को उप विजेता सिंगापुरसँग भिडन्त गर्नेछ।
नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो।
असार १५, २०८० शुक्रबार १२:५३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।