कोशी प्रदेशसभा बैठकमा विश्वासको मत लिंदै मुख्यमन्त्री कार्की

कोशी प्रदेशसभा बैठकमा विश्वासको मत लिंदै मुख्यमन्त्री कार्की

काठमाडौं : मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभा बैठकमा आज (शुक्रबार) विश्वासको मत लिंदैछन्।

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ। जसको लागि प्रदेश सभामा मतदान हुनेछ। 

मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका थिए।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो। हाल कार्कीका पक्षमा ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद छन्।

त्यसैगरी​​​​​​ माओवादीका १३,कांग्रेसका २९, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद भने उनको विपक्षमा रहँदा जसपाका एक सांसदले भने तटस्थ बस्ने निर्णय गरेका छन्।

असार १५, २०८० शुक्रबार १२:२८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।