लोक सेवाको परीक्षा दिन काठमाडौँ आएका परीक्षार्थी सवार बस कपिवलस्तुमा दुर्घटना

लोक सेवाको परीक्षा दिन काठमाडौँ आएका परीक्षार्थी सवार बस कपिवलस्तुमा दुर्घटना

कपिलवस्तुः बझाङबाट काठमाडौंका लागि छुटेको बस कपिलवस्तुको चरोडामा दुर्घटना भएको छ।

बिहीबार छुटेको ना ६ ख १३३९ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो।

बसमा ४० जना सवार भएका बुझिएको छ। जसमध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अरू सामान्य घाइते भएका छन्।

प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाएको छ। 

उक्त बसमा १६ गते हुने लोकसेवा परीक्षा दिने प्राविधिक सवार थिए। उनीहरू सिभिल सब असिस्टेन्ट इन्जिनियरिङको परीक्षामा सहभागी हुन काठमाडौं जाँदै थिए। 

घटनाको थप विवरण आउन बाँकी छ। 

असार १५, २०८० शुक्रबार ०९:१३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।