नेपालको फिफा वरीयता खस्कियो, भारत एक स्थान उक्लियो

नेपालको फिफा वरीयता खस्कियो, भारत एक स्थान उक्लियो

काठमाडौँः नेपालको फिफा वरीयता खस्किएको छ। 

यसअघि गत अप्रिलमा नेपाल १ सय ७४औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो। फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५ स्थानमा छ। साफ च्याम्पियनसिपमा खराब प्रदर्शन गरेको नेपालले तीनमध्ये एक खेल जितेको थियो। यस क्रममा तीन वटै खेलमा नेपालले मात्र २ गोल गर्न सक्यो। नेपाले पाकिस्तानविरुद्ध १-० को जित निकालेको थियो। साफ च्याम्पियनसिपअघि नेपालले एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि खेलेको थियो।

नेपालले फिलिपिन्स, कुवेत र भारतसँग हार बेहोरेको हो। फिफा वरीयता दक्षिण एसियाली राष्ट्र भारत भने पहिलो स्थानमा छ। साथै उसले एक स्थान सुधार गर्दै १०० स्थानमा परेको छ। 

नेपालभन्दा माथि भारत र अफगानिस्तान र माल्दिभ्स छन्। माल्दिभ्स १५४ औं स्थानमा हुँदा अफगानिस्तान भने १५७ औं स्थानमा छ। यसैगरी भुटानले पनि वरीयता सुधार गरेको छ। भुटान १८४ औं स्थानमा आइपुगेको छ।

दक्षिण एसियाको सबैभन्दा अन्तिममा भने श्रीलंका छ। श्रीलंका फिफा वरीयताको २०७ स्थानमा यथावत छ। 

असार १५, २०८० शुक्रबार ०९:०४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।