पहिरो खसेर बिहीबार दिउँसोदेखि पहिरोले बन्द नारायणगढ-मुग्लिन सडक अझै खुलेन

पहिरो खसेर बिहीबार दिउँसोदेखि पहिरोले बन्द नारायणगढ-मुग्लिन सडक अझै खुलेन

चितवनः पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ।

बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन। 

चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ। पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ-सात घन्टा लाग्ने बताए। 

'दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन', तामाङले भने।

पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ। सडकमा गाडीको लामो लाइन लागेको छ। सयौँ यात्रु समस्यामा छन्।

काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

असार १५, २०८० शुक्रबार ०७:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।