अभिनेत्री पारमिताले आशिरमानसँगको सम्बन्ध खुलाउँदै भनिन्' उ मेरो सानो भाइ हो'

अभिनेत्री पारमिताले आशिरमानसँगको सम्बन्ध खुलाउँदै भनिन्' उ मेरो सानो भाइ हो'

काठमाडौँ : बैंकर रविना देशराजको दोस्रो विवाह समारोहको दृश्यले धेरै सन्देश दियो नेपाली समाजलाई।

खुसीमा उमेर हैन मन मुख्य हो मात्र हैन आमाको खुसीमा परिवारका सदस्यको भूमिका राम्रैसँग देखाए उनका छोरा, बुहारी अनि साथी सर्कलले।

सँगै विवाह समारोहका केही दृश्यले राम्रै गसिप पनि दियो फिल्मी बजारका लागि।
उनको छोरा आयुष्मान् अनि आशिरमान देशराज दुवै कलाकार। बुहारी प्रियंका अभिनेत्री। पारमिता आरएल राणा गुड फ्रेन्ड।

एकै समारोहमा यति भेला भएपछि गसिप त बन्ने नै भयो। सासुको विवाहमा प्रियंकाको ठुम्का मात्र हैन पारमितासँगको उनको केमेस्ट्री पहिलो दमदार गसिप बन्यो। त्यसमा  जोडिन आइपुगिन अर्की अभिनेत्री आँचल शर्मा।

आँचल विवाह समारोहमा सहभागी नभए पनि यो गसिपमा जोडिने कारण बनिन् आफ्नो श्रीमानको एक्ससँगको व्यवहारबारे।

एक टेलिभिजन कार्यक्रममा उनले श्रीमानसँग उनको एक्सबारे कुरा गर्ने आफ्नो मुटु नभएको बताएकी थिइन्।

यता विवाह समारोहमा प्रियंका आफ्नो श्रीमान् आयुश्मानको एक्स पारमितासँग ठुम्का लगाउँदै गरेको दृश्य बाहिरियो।

प्रियंका आयुश्मानको जीवनमा आउनु अगाडि पारमितासँग अफेयर्समा रहेको चर्चा थियो। ब्रेकअपपछि प्रियंका आइन् र विवाह पनि भयो।

प्रियंकाको मुटुको चर्चा भयो राम्रै। सँगै आशिरमान र पारमिता पनि गसिपको टपिकस् भए। पारमिता अहिले भारतको मुम्बइतिर सङ्घर्षरत छिन्। रविनाको विवाहमा रमाउन उनी नेपाल आइन्।

आयुश्मानसँगको तस्बिर त देखिएन तर उनको भाइसँगका भिन्न भिन्न पोजका तस्बिर आइरहे।

अनि बजारमा दाइको एक्ससँग भाइको अफेयर्स चलेको अड्कल सुरु भयो। नौलो पनि हैन यस्तो। किनकि दिदी-भाइ भनेर सम्बोधन गर्ने प्रियंका र आयुष्मान् पछि श्रीमान्- श्रीमती भएकै हुन्।

दाइको एक्ससँग भाइको अफेयर्स चल्नु के नौलो कुरा हो र!

गसिप सुरु भयो। तर गसिप तात्नु अगाडि नै पारमिताले पानी खन्याइन्' उ मेरो सानो भाइ हो' भनेर।

विवाह समारोहकै तस्बिर उनले इन्स्टाग्राममा राखेकी थिइन्। त्यसमध्ये एकमा यी दुई खुलेर हाँसेका थिए। एक जनाले नाइस कपल भनेर कमेन्ट गरे। उनले जवाफ लेखिन्'हि इज् माई लिटिल ब्रदर' अर्थात् उ मेरो सानो भाइ हो। कुरा खत्तम।

असार १५, २०८० शुक्रबार ००:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।