एमालेको आग्रहमा कोशी प्रदेश सभा बैठक स्थगित
विराटनगर : सत्तारुढ दल एमालेको आग्रहमा कोशी प्रदेश सभाको बैठक स्थगित गरिएको छ। बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएकाे छ।
आधा घण्टाका लागि भनेर साँढे ६ बजे स्थगित भएको बैठक विश्वासको मत लिने क्रममा दलका नेताहरूले बोलेका विषयमा जवाफ दिन आवश्यक पर्ने तथ्याङ्क लिन भन्दै संसद् सचिवालयबाट निस्किएका मुख्यमन्त्री हिक्मत कार्की नफर्किएपछि साँझ ८ बजे बैठक बस्ने सूचना टाँस सचिवालयले गरेको थियो।
सभामुख र संसद् सचिवालयसँगको छलफलपछि ११ बजे सम्मका लागि संसद् स्थगित भएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए।
असार १४, २०८० बिहीबार २१:५२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।