भेरी पुल नजिकै गाडी दुर्घटना, एक जनाको मृत्यु

भेरी पुल नजिकै गाडी दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत : वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्।

रत्न राजमार्गको सुब्बाकुना–छिन्चु खण्डको भेरी पुल नजिकै फोर्स गाडी दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका–२२ बस्ने ५० वर्षीय फहित अन्सारीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार अन्य घाइतेहरूको माया नर्सिङ होममा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

भे १ ख ३७५० नम्बरको गाडी तीव्र गतिका कारण अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सडकमा राखिएको किलोमिटर संकेत दिने पिल्लर नै भत्काएर २० मिटर पर पुगी गाडी सडकमा पल्टिएको थियो।

असार १४, २०८० बिहीबार २१:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।