आईसीसी विश्वकप छनोट : जिम्बावेले ओमानलाई १४ रनले हरायो

आईसीसी विश्वकप छनोट : जिम्बावेले ओमानलाई १४ रनले हरायो

काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत सुपरसिक्सको पहिलो खेलमा जिम्बावेले ओमानलाई १४ रनले पराजित गरेको छ।

३३३ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१८ रनमा समेटिएपछि जिम्बावेले आफ्नो जितको लयलाई कायमै राखेको हो।

जिम्बावेको बुलाभायोस्थित क्विन्स स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाइ ३३२ रन बनाएको थियो।

उसका लागि सिन विलियम्सले १४२ रनको शतकीय पारी खेले। यस्तै, सिकन्दर राजाले ४२, क्रायग इर्भिनले २५, वीसली माधेभेराले २३, जोयलर्ड गुम्बीले २१ रन जोडे।

रायन ब्रुलले १३ रन जोड्दा विलिङ्टन मासाकाज्दाले ६ रन बनाएर आउट हुँदा लुक जोङवे र रिचार्ड एनगारभानाले अविजित रहँदै क्रमशः ४३ र ११ रन बनाए।

ओमानका फयाज बटले चार तथा बिलाल खान, कप्तान जीसान मक्सुद र कलीमुल्लाहले समान एक–एक रन दिए।

जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि कश्यप प्रजापतिले १०३ रनको शतकीय पारी खेल्दा आयान खान ४७, आकिव इलियास ४५ रन बनाए।

यस्तै, कप्तान जिसान मक्सुद ३७, मोहम्मद नदीम ३० (अविजित), नसीम खुसी १२, सोहेब खान र फयाज बट समान १०–१० रनमा आउट हुँदा जतिन्दर सिंह र कलीमुल्लाहले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जिम्बावेका टेन्दइ चतरा र ब्लेसिङ मुजरबानीले समान तीन–तीन विकेट लिँदा रिचार्ड एनगाराभाले दुई तथा सिकन्दर राजाले एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेल हुनेछ। यस्तै प्लेअफमा आयरल्यान्ड र अमेरिका भिड्दैछन्।

असार १४, २०८० बिहीबार २१:३२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।