प्रसाद दिने बहानामा यौन दुर्व्यवहार गरेको आरोप लागेका भैरवनाथ मन्दिरका मुल पुजारी निलम्बित

प्रसाद दिने बहानामा यौन दुर्व्यवहार गरेको आरोप लागेका भैरवनाथ मन्दिरका मुल पुजारी निलम्बित

बुटवल : महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि पाल्पामा रहेको भैरवनाथ मन्दिरका मूल पुजारीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको छ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा रहेको मन्दिरका मूल पुजारी ७० वर्षीय जीतनाथ योगीमाथि मन्दिरमा दर्शन गर्न आएका महिला दर्शननार्थीमाथि यौनजन्य दुव्यर्वहार गरेको आरोप लागेको थियो।

उनीमाथि मन्दिरमा दर्शन गर्न पुग्ने महिलालाई प्रसाद दिने बहानामा संवेदनशील अंगमा हात पुर्याएर दुर्व्यवहार गरेको आरोप लागेको थियो।
आरोप लागेलगत्तै बिहीबार मन्दिर व्यवस्थापन समितिले आकस्मिक बैठक राखेर उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेल र सचिव दिलीप रायमाझीले जारी गरेको प्रेस विज्ञप्तिमा यौनजन्य दुर्व्यवहारबारे सत्यतथ्य छानबिन नहुँदासम्म उनलाई मूल पुजारीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख छ।

असार १४, २०८० बिहीबार २०:५१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।