मोडललाई क्याफेमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा निर्माता अधिकारी अस्ट्रेलियामा पक्राउ

मोडललाई क्याफेमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा निर्माता अधिकारी अस्ट्रेलियामा पक्राउ

काठमाडौं : अष्ट्रेलियामा बस्दै आएका नेपाली फिल्म निर्माता मनोज अधिकारी यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

एक मोडललाई क्याफेमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा अधिकारीलाई तीन दिनअघि न्यू साउथ वेल्स प्रहरीले पक्राउ गरेको हो।

यस विषयमा बुरउडको अदालतमा बिहीबारका लागि मुद्दाकाे पेशी तोकेर न्यायाधीश जे बाेलाेसको इजलासमा सुनुवाइ भएको थियो।

निर्माता अधिकारीले आफूलाई म्युजिक भिडियो खेलाउने भन्दै क्याफेमा बोलाएको र सोही ठाउँमा बलात्कार प्रयास गरेको भनेर प्रहरीमा उजुरी दिएकी थिइन्।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास), अष्ट्रेलियाका वर्तमान अध्यक्षसमेत रहेका निर्माता अधिकारीले ‘दोख’, ‘सुनकेशरी’ लगायत फिल्म निर्माण गरेका थिए।

अधिकारी लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका छन्। उनी फिल्म निर्माणका साथै अस्ट्रेलियामा नेपाली फिल्मको प्रदर्शन एवं विभिन्न सांस्कृतिक गतिविधिको आयोजनामा सक्रिय थिए।

ती मोडलले नेपालमा पनि म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्।

असार १४, २०८० बिहीबार १९:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।