देशमा भोकमरी कायमै छ भने विकासका कुरा मात्र गरेर काम छैन : केपी ओली

देशमा भोकमरी कायमै छ भने विकासका कुरा मात्र गरेर काम छैन : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिवी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताएका छन्।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा बिहीबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै ओलीले आफू विगतमा प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अघि सारेको बताए।

नेपाल ज्ञानभूमि र तपोभूमि भएको उल्लेख गर्दै ओलीले भने, ‘पुर्खाहरूको त्यो ज्ञान र योगदानको जगमा यस उर्वर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्छ।’

असार १४, २०८० बिहीबार १७:५९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।