केन्द्रको आग्रह मान्दै कोशीमा एमाले सरकारलाई विश्वासको मत दिंदैनौं : माओवादी नेता आङ्बो

केन्द्रको आग्रह मान्दै कोशीमा एमाले सरकारलाई विश्वासको मत दिंदैनौं : माओवादी नेता आङ्बो

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार (आज) प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन्।

जसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा कार्कीलाई विश्वासको मत दिन नसकिने बताए।

उनले जुन गठबन्धनले साथ दिएर त्यो सरकार बनेको छ, त्यो गठबन्धनले नयाँ राजनीतिक कोर्स सुरुवात गर्न आग्रह गरेपछि त्यो आग्रहबाट बाहिर जान नसकेको बताए।

‘फेरि पनि एमालेसँग सहकार्य गर्न सकिन्छ। तर तत्कालका लागि भने एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन भने सक्दैनौं,’ उनले भने।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो। हाल कार्कीका पक्षमा ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद छन्।

त्यसैगरी​​​​​​ माओवादीका १३,कांग्रेसका २९, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद भने उनको विपक्षमा रहँदा जसपाका एक सांसदले भने तटस्थ बस्ने निर्णय गरेका छन्।

असार १४, २०८० बिहीबार १७:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।