विश्वासको मत नदिए मध्यावधि चुनावमा जाने कोशीका मुख्यमन्त्रीको चेतावनी
काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार (आज) प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन्।
प्रदेशसभामा बैठकमा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए मध्यावधि चुनावमा जाने चेतावनी पनि दिएका छन्।
विश्वासको मत नपाएमा, ‘के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं? यो प्रदेशसभा तयार छ? नेपालको संघीयता तयार छ?’ उनले भने।
माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो।
हाल कार्कीका पक्षमा ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद छन्।
असार १४, २०८० बिहीबार १७:३२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।