विश्वकप छनोट : जिम्बावेले ओमानलाई दियो ३३३ रनको लक्ष्य

विश्वकप छनोट : जिम्बावेले ओमानलाई दियो ३३३ रनको लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत सुपरसिक्सको पहिलो खेलमा जिम्बावेले ओमानलाई ३३३ रनको लक्ष्य दिएको छ।

जिम्बावेको बुलाभायोस्थित क्विन्स स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाइ ३३२ रन बनाएको हो।

यसका लागि सिन विलियम्सले १४२ रनको शतकीय पारी खेले। यस्तै, सिकन्दर राजाले ४२, क्रायग इर्भिनले २५, वीसली माधेभेराले २३, जोयलर्ड गुम्बीले २१ रन जोडे।

रायन ब्रुलले १३ रन जोड्दा विलिङ्टन मासाकाज्दाले ६ रन बनाएर आउट हुँदा लुक जोङवे र रिचार्ड एनगारभानाले अविजित रहँदै क्रमशः ४३ र ११ रन बनाए।

ओमानका फयाज बटले चार तथा बिलाल खान, कप्तान जीसान मक्सुद र कलीमुल्लाहले समान एक–एक रन दिए।

यसअघि समूह ‘बी’मा रहेको ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो भने समूह ‘ए’मा रहेको जिम्बावेले नेपाल, वेस्ट इन्डिज, नेदरल्यान्ड र अमेरिकालाई पराजित गरेको थियो।

असार १४, २०८० बिहीबार १६:५३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।