प्रचण्ड सरकारले सार्वजनिक गर्‍यो ६ महिनाको ४४ पृष्ठे उपलब्धि

प्रचण्ड सरकारले सार्वजनिक गर्‍यो ६ महिनाको ४४ पृष्ठे उपलब्धि

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपलब्धि सार्वजनिक गरिएको छ।

सरकारले ६ महिना गरेको काम ७७ बुँदामा ४४ पृष्ठ सार्वजनिक गरेको हो। २०७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेको छ।

सरकारले जिम्मेवारी सम्हालेको ६ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख छ।

समावेशी संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धन गर्न सरकार प्रयत्नशील रहेको छ।

यस्तै, विकास निर्माण कार्यलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।

असार १४, २०८० बिहीबार १६:२८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।