कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभाको आज (बिहीबार) बस्ने भनिएको बैठक स्थगित गरिएको छ।

प्रदेशसभा सचिव जीवराम बुढाथोकीले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन्। प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन्। 

यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो।

मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटमा मनमोजी गरेको, टुक्रे योजना, व्यक्तिका नाममा योजना हालेको आरोप लगाएर बजेट संशोधन नभएसम्म लगातार संसद्मा अवरोध गर्ने चेतावनी दिएको थियो।

असार १४, २०८० बिहीबार १३:२७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।