आजकाल देशमा गुरु कुट्ने संस्कृति छ : केपी ओली
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजकाल देशमा गुरु कुट्ने संस्कृति रहेको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा मदन भण्डारी मेमोरियल कलेजको कार्यक्रममा बोल्दै उनले सरकारले गुरु कुट्ने विद्यार्थीको संरक्षण गरेको आरोप पनि लगाए।
‘गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्काउँछ, टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार भने मुद्दा फिर्ता गर्छ,’ उनले भने।
नेविसंघका कार्यकर्ताहरुले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गरेको विषयमा सरकारले लिएको मुद्दा फिर्ता गर्ने निर्णयतर्फ उनले संकेत गर्दै गुरु कुट्नेहरुलाई संरक्षण गरेर सरकारले गलत गरेको बताए।
उनले भने, ‘आजकाल गुरु कुट्ने संस्कृति छ। यो बडा दुखद् कुरा हो यो।’
असार १४, २०८० बिहीबार १३:२१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।