मदन भण्डारी जन्मजयन्तीमा एमाले अध्यक्ष ओलीले गरे वृक्षरोपण

मदन भण्डारी जन्मजयन्तीमा एमाले अध्यक्ष ओलीले गरे वृक्षरोपण

काठमाडौँः नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्। 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले बरको बिरुवा रोपेका हुन्।

अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबीच अन्योन्याश्रिक सम्बन्ध रहेको बताए। 

एमालेले आज देशभरि भण्डारीको ७२औँ जन्मजयन्ती मनाउँदै छ। दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ।

२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा चन्द्रकला र देवीप्रसादका माइला छोराका भण्डारीको भण्डारीको जन्म भएको हो।

एमालेले साताव्यापी रुपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ। २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारीको निधन भएको थियो।

असार १४, २०८० बिहीबार १०:३४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।