मेयर बालेनको निर्देशनः संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिकसरह तलब देऊ

मेयर बालेनको निर्देशनः संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिकसरह तलब देऊ

काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयहरू सामुदायिक विद्यालयका शिक्षकसरह तलब तथा सुविधा दिन निर्देशन दिएका छन्। 

सामाजिक सञ्जालमा मेयर बालेनले शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केलअनुसार दिनुपर्ने उल्लेख भएको सम्झाउँदै त्यसैअनुसार गर्न भनेका हुन्। 

'निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।' उनले लेखेका छन्। 

असार १४, २०८० बिहीबार १०:०८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।