'दलाल पुँजीवादी‌ व्यवस्थाको नीति नै शोषण गर्ने हो, यसलाई बदल्न क्रान्तिकारी कम्युनिस्टबीच एकता भइरहेको छ'

'दलाल पुँजीवादी‌ व्यवस्थाको नीति नै शोषण गर्ने हो, यसलाई बदल्न क्रान्तिकारी कम्युनिस्टबीच एकता भइरहेको छ'

सुर्खेत : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका  प्रवक्ता धर्मेन्द्र बास्तोलाले दलाल पुँजीवादी‌ संसदीय व्यवस्थाको नीति नै शोषण गर्ने भएकोले  यो व्यवस्थालाई बदल्न क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकता भइरहेको बताएका छन्।

बिहीवार  बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले देशमा ठूलो संकट आएको र यसको कारक दलाल पुँजीवादी‌ सत्ता भएको दाबी गरे। 

संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा‌ डुबाएको प्रवक्ता बास्तोलाले आरोप लगाए। 

लामो समयदेखि भुटानी शरणार्थी प्रकरणलाई दबाएर राखिएको भन्दै यो प्रकरणमा विभिन्न शीर्ष नेताहरू जोडिए पनि उनीहरूलाई उन्मुक्ति दिइएको उनको आरोप छ। 

'नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाएर राखियो। शीर्ष नेताहरू उन्मुक्ति दिइएको छ। त्यस्तै ललिता निवास प्रकरणमा एमालेका ठूला नेता जोडिएका छन्। सरकारमै रहेका मन्त्रीहरू पनि तमाम भ्रष्टाचारका विषयमा जोडिएका छन्। दलाल पुँजीवादी‌ संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचार नियन्त्रण हुन सक्दैन,' उनले भने, 'यसरी देश माथि बढ्दैन।'

पुँजीपतिहरू मात्रै देशमा फस्टाइरहेको भन्दै नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गर्ने प्रवृद्धि मौलाएको समेत उनले टिप्पणी गरे।

असार १४, २०८० बिहीबार ०९:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।