पाकिस्तानमा सुतिरहेका एकै परिवारका ९ जनाको गोली हानी हत्या

पाकिस्तानमा सुतिरहेका एकै परिवारका ९ जनाको गोली हानी हत्या

पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा मंगलबार राति एकै परिवारका ९ जनाको हत्या भएको छ।

मृत्यु हुनेमा केही बालबालिका पनि छन्। मिडिया रिपोर्टका अनुसार यो घटना विवाहको विवादसँग सम्बन्धित छ। हत्यारा भने फरार भएका छन्। 

उक्त घटना मलाकन्द जिल्लाको बेतखेला तहसीलको बगर डेरा क्षेत्रमा भएको हो। अहिले उक्त क्षेत्रमा तनावको अवस्था छ। यसैलाई मध्यनजर गर्दै बाहिरी व्यक्तिको आवतजावतमा रोक लगाइएको छ भने मिडिया कभरेजमा पनि प्रतिबन्ध लगाइएको छ। 

खैबर पख्तुनख्वाबाट जारी स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्टका अनुसार यो घटना दुई परिवारबीचको वैवाहिक विवादले निम्त्याएको हो। मंगलबार राति विवाद बढ्दै गएपछि केही व्यक्तिको हस्तक्षेप भएको थियो। जसका कारण घटना भएको हो। 

राति अबेर एक परिवारका सदस्य राइफल लिएर अर्को परिवारको घरमा पसेका थिए, त्यतिबेला त्यहाँ उपस्थित सबै मानिसहरू गहिरो निद्रामा थिए। अनि आक्रमणकारीले गोली चलाउन थालेका थिए। ती आक्रमणकारीले दुई कोठामा सुतिरहेका ९ जनाको हत्या गरेका थिए। 

मृत्यु हुनेमा ६ महिला र ३ पुरुष रहेका छन्। मृत्यु हुनेहरूको परिचय खुलाइएको छैन। 


 

असार १४, २०८० बिहीबार ०९:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।