टानइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी टुक्रा टुक्रा भएको अवस्थामा फेला

टानइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी टुक्रा टुक्रा भएको अवस्थामा फेला

टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटानिक पनडुब्बी टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको छ। उक्त टुक्रालाई बुधबार क्यानडाको पोर्ट अफ सेट जोर्नमा ल्याइएको छ। 

उक्त सबमरिन हराएको छैटौँ दिन एटलान्टिक महासागरबाट निकालिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीका अनुसार यूएस कोस्टगार्डले उक्त सबमरिनमा मानव अवशेष भेटिएको बताएका छन्। 

उक्त मानव अवशेषलाई मेडिकल चेकजाँचका लागि पठाइएको छ। 

बीबीसीका अनुसार पनडुब्बीको भग्नावशेषमा ल्यान्डिङ फ्रेम, रियर कभरलगायत ५ वटा भाग भेटिएको छ। कोस्टगार्डले पनडुब्बीको धेरै भग्नावशेष अझै टाइटानिक जहाज नजिकै रहेको बताएको छ।

पनडुब्बीको भग्नावशेषको फोरेन्सिक जाँच गरी किन विस्फोट भयो भन्ने पत्ता लगाइने कोस्ट गार्डले बताएका छन्। 

असार १४, २०८० बिहीबार ०९:२१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।